[ फाेटाे : नेपाली कांग्रेसको हालै सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित हुनुभएका नेका सभापति गगनकुमार थापा शुक्रबार पार्टी कार्यालय सानेपामा पदवहाली गर्नुहुँदै । तस्बिरः गोपाल दाहाल/रासस ]
नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही क्षेत्र नम्बर–४ बाट उमेदवारी दिएको बताएका छन् । शनिबार ९माघ १०० काठमाडौंमा सर्लाहीका युवासँगको छलफलका क्रममा उनले यहाँ आफूले सहजै जित निकाल्ने अवस्थामा रहे पनि आँट गरेर सर्लाही–४ बाट उमेदवारी दिएको बताएका हुन् ।
काठमाडौं–४ का मतदाताप्रति आफू जीवनभर ऋणी रहने र यो ठाउँको निरन्तर सेवा गरिरहने उनले उल्लेख गरे । काठमाडौंबाहिर निर्वाचन लड्ने विचार यसअघिको निर्वाचनमा गरे पनि आँट नपुगेको उनले बताए ।
कांग्रेसलाई मधेसले नै वर्तमान अवस्थामा ल्याएको उनले उल्लेख गरे । मधेससँग मुखको औपचारिक सम्बन्ध जोडेर मात्र नहुने उनले बताए । उनले मधेसको नेतृत्व गर्ने प्रयास गरे मात्र आफू राष्ट्रिय नेता हुने धारणा राखे ।
आफू उक्त क्षेत्रबाट निर्वाचित भए पाँच वर्ष मधेसका निम्ति कार्य समर्पण गर्ने उनले बताए । उनले सर्लाही–४ मा छुट्टै कार्यालय स्थापना गर्ने र त्यहीँबाट आफूले जनताको समस्या सुन्ने उनले जानकारी दिए ।
सभापति थापाले युवाको भावनालाई आत्मसात् गर्न पार्टीमा परिवर्तनको प्रयास गरेको र सफल भएको बताए । आसन्न निर्वाचनमा प्रत्यक्षतर्फको उमेदवार छनोटमा केही कमी–कमजोरी भए पनि कुनै आर्थिक चलखेल नभएको उनको भनाइ छ । हिमालयन टेली भ्वाइस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८