• असार २७, २०८३, शनिवार Saturday, 11 July, 2026

समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

  • खबरदाता

समानुपातिकतर्फको ५० लाख मतपत्र छपाइ गर्न बाँकी

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ ।

मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी छ ।

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भएलगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ ।

प्रत्यक्षतर्फको उमेदवारको अन्तिम नामावली तय भइसकेको छ । मनोनयन पत्र दर्ता प्रयोजनका लागि एकप्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुर्‍याइएको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तीन हजार ४०६ जना उमेदवारको नामावली आयोगले सार्वजनिक गरेको छ । आयोगले शुक्रबार नै निर्वाचन चिह्नसमेत प्रदान गरेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीन हजार १७ पुरुष, ३८८ महिला र अन्यमा एकजना उमेदवार तय भएका छन् । उमेदवारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले उल्लेख गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उमेदवारको नामावली पनि प्रकाशित भइसकेको छ । रासस

  • प्रकाशित मिति : माघ १०, २०८२, शनिवार ०६:४२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८