सर्लाही । सर्लाहीको धन्कौलमा उखुको खुवा बनाउने मेसिनमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ । धनकौल गाउँपालिका–३ स्थित अन्नपूर्ण चिनी उद्योगको खुवा बनाउने मेसिनमा च्यापिएर धनकौल–४, महिनाथपुराक १९ वर्षीय चुनचुन रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।
काम गर्ने क्रममा च्यापिएका रायको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी सरोज राईले जानकारी दिए ।
शव परीक्षणका निम्ति प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रवक्ता राईको भनाइ छ । रासस
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८