• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

पार्टी एकतालाई कामय राख्न अपिल गर्ने कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय

  • खबरदाता

पार्टी एकतालाई कामय राख्न अपिल गर्ने कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले पार्टी एकता कायम राख्न अपिल गरेको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई मान्यता दिएपछि नयाँ बानेश्वरमा आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टी एकता  कायम राख्न अपिल गरेको हो ।

बैठकका निर्णयहरूबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले पार्टीका अगाडि चुनौतीका पहाड रहेकोले एकतामा जोड दिने निर्णय भएको बताए । ‘जनतालाई नेपाली कांग्रेससँग जोड्नु छ । निर्वाचन पनि आइरहेको छ’, उनले भने, ‘पार्टीको एकता र सद्भावलाई कायम राख्दै उचाइमा पुर्‍याउन हार्दिक अपिल गर्ने निर्णय गरेको छ ।’

निवर्तमान केन्द्रीय सदस्यहरूलाई पनि कांग्रेसले पार्टीलाई बलियो बनाउने भूमिकामा खेल्न आग्रह गरेको छ ।

आजको केन्द्रीय समिति बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालाई अभिभावकीय भूमिका रहन आग्रह गरेको छ । सभापति देउवाले पार्टीलाई लामो समयसम्म दिएको योगदान र नेतृत्वलाई पनि पार्टीले उच्च मूल्यांकन गरेको उनले बताए । ‘आगामी दिन हाम्रो पार्टीलाई निवर्तमान सभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिका रहनेछ भन्ने विश्वास पनि हामीलाई छ’, उनले भने ।

प्रतिनिधिसभा निर्वाचन उम्मेदवारी दर्ताको समय नजिक आएकोले आफूहरू उम्मेदवार चयनको प्रक्रियामा लागेको पनि चालिसेले जानकारी दिए ।

  • प्रकाशित मिति : माघ ३, २०८२, शनिवार १३:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८