• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कांग्रेसको आधिकारिकता विवाद : देउवा पक्षका नेता निर्वाचन आयोगमा

  • खबरदाता

कांग्रेसको आधिकारिकता विवाद : देउवा पक्षका नेता निर्वाचन आयोगमा

नेपाली कांग्रेसमा देउवा पक्ष (नियमित महाधिवेशन)का नेताहरू शुक्रबार (माघ २) निर्वाचन आयोग पुगेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको समूहका नेताले पार्टीको आधिकारिकता आफूहरूकै पक्षमा रहेको दाबी गर्दै आवश्यक कागजात बुझाएका हुन् ।

निर्वाचन आयोगमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित, उपसभापति धनराज गुरुङ, नेताहरू डा। शशांक कोइराला, मीन विश्वकर्मा,नैनसिंह महरलगायत नेताहरूको उपस्थिति छ ।

यसअघि बिहीबार (माघ १) गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षधर समूहले पनि निर्वाचन आयोगमा नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो ।

सभापति थापासहितका नवनिर्वाचित पदाधिकारीले विशेष महाधिवेशन विधानसम्मत रहेको र बहुमत प्रतिनिधिको सहभागितामा सम्पन्न भएको जिकिर गर्दै आधिकारिकता दाबी गरेका थिए ।

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति घोषणा भएपछि देउवा पक्षले थापासहितका नेताहरूलाई कारबाही गरेको थियो ।

दुवै पक्षले निर्वाचन आयोगमा आफूलाई आधिकारिक दाबी गर्दै पत्र र कागजात बुझाएका छन् । निर्वाचन आयोगले दुवै पक्षको दाबी अध्ययन गरिरहेको जनाएको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा यो विवादले कांग्रेसको चुनावी तयारीमा असर पर्न सक्ने विश्लेषकहरूले बताएका छन् ।

आयोगको निर्णय कुर्नुपर्ने अवस्था आएमा यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्न सक्ने सम्भावना छ । कांग्रेसको यो विवादले पार्टीको चुनाव चिह्न रुख र झन्डा कुन पक्षले पाउने भन्ने प्रश्न पनि उठेको छ । दुवै पक्षले बहुमत आफूहरूसँग रहेको दाबी गरिरहेका छन् ।–न्युज एजेन्सी नेपाल

  • प्रकाशित मिति : माघ २, २०८२, शुक्रवार १०:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८