भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवाले पनि आफूनिकटका नेताहरूलाई महाराजगन्जस्थित निवासमा बोलाएका छन् ।
देउवानिकट एक नेताका अनुसार कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेता रमेश लेखक पनि देउवा निवास पुगिसकेका छन् ।
उनीहरूबाहेक अन्य नेताहरू पनि आउने क्रम जारी रहेको ती नेताले बताए ।
तर, पार्टीभित्र बढ्दो असन्तुष्टिका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशले विशेष महाधिवेशन आह्वान गरेका हुन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८