• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

कांग्रेस संस्थापनको केन्द्रीय सदस्य भेला आज

  • खबरदाता

कांग्रेस संस्थापनको केन्द्रीय सदस्य भेला आज

नेपाली कांग्रेसको संस्थापन पक्षले आज केन्द्रीय सदस्य भेला गर्दै छ । बिहान १० बजे आनन्दभूमि पार्टी प्यालेस बानेश्वरमा डाकिएको भेलामा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थितिका लागि आह्वान गरिएको छ ।

भेलाको संयोजकमा केन्द्रीय सदस्य किरण पौडेल छन् । भेलाका लागि संस्थापन पक्षले बिहीबार केन्द्रीय सदस्यलाई सूचना पठाएको थियो ।

“नेपाली कांग्रेसभित्र उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सल्लाहका लागि पुस २५ गते शुक्रबार दिउँसो १० बजे आनन्दभूमि पार्टी प्यालेसमा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछु,” पौडेलले केन्द्रीय सदस्यहरूलाई पठाएको सूचनामा भनिएको छ ।

भेलामा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन बोलाइसकेको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुनेछ ।

  • प्रकाशित मिति : पुस २५, २०८२, शुक्रवार ०६:१६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८