राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को सचिवालय बैठक आज (पुस २२) बस्दै छ । दिउँसो २ बजे बस्ने गरी सचिवालय बैठक बोलाइएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकमा छलफलका निम्ति १० विषय प्रस्ताव गरिएको छ । केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठनलगायत विषय छलफलका निम्ति राखिएको उनले जानकारी दिए ।
छलफलका निम्ति प्रस्तावित विषय–
१. प्रत्यक्षतर्फको उमेदवारी दिने अन्तिम मिति ।
२. उमेदवार सिफारिस उपसमिति विस्तार ।
३. पार्टी समायोजन उपसमिति विस्तार ।
४. केन्द्रीय समिति विस्तार ।
५. निर्वाचन परिचालन समिति गठन ।
६. समानुपातिक उमेदवारको परिचालन कार्यविधि ।
७. निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि ।
८. प्रदेशस्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम ।
९. जिल्लास्तरीय पार्टी प्रवेश कार्यक्रम ।
१०. स्थानीय तह उमेदवार क्लब गठन ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८