• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राष्ट्रपति पौडेलले डाके देउवा, ओली र प्रचण्डसहितको बैठक

  • खबरदाता

राष्ट्रपति पौडेलले डाके देउवा, ओली र प्रचण्डसहितको बैठक

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष तीन नेताहरूको बैठक डाकेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको बैठक आजै  ३ बजे देखि बोलाएका हुन् ।

बैठकमा राष्ट्रपति पौडेलले प्रमुख दलले निर्वाचनबारे गरेको तयारी, सर्वोच्चमा हालेको रिटसहितका विषयमा छलफल गर्ने तयारी गरेका छन् ।

भदौ २३ को जेनजी आन्दोलनपछि प्रमुख दलका शिर्ष नेतासँग राष्ट्रापतिले पहिलोपटक छलफल गर्न लागेका हुन् ।

  • प्रकाशित मिति : पुस ८, २०८२, मंगलवार १४:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८