• मंसिर २०, २०८२, शनिवार Saturday, 06 December, 2025

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

  • खबरदाता

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा बढीको सुन्तला बिक्री भएको छ ।

उक्त वडामा रहेका सात वटा गाउँबाट उत्पादित १ करोड १३ लाख मूल्यको सुन्तला बिक्री भएको हो ।

स्थानीय कृषक चप्पले थापाले आफूले १४ लाखभन्दा बढीको सुन्तला बिक्री गरेको बताए । सुन्तला उत्पादनबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका अधिकांश कृषक व्यावसायिक फलफूल र तरकारीखेतीतर्फ आर्कर्षित भएका उनले बताए ।

सबैभन्दा धेरै ठिन गाउँबाट ५० लाखको सुन्तला बिक्री भएको वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए । उनका अनुसार कुलुङबाट २६ लाख ३१ हजार, मरौटेबाट नौ लाख, नयाँ गाउँबाट आठ लाख, हर्कपुरबाट ६ लाख, केशवटार र रुम्सीबाट एकरएक लाखको सुन्तला बिक्री भएको छ ।

वडाध्यक्ष श्रेष्ठले कृषकलाई फलफूल र तरकारीतर्फ व्यावसायिक बनाउन बिरुवा, बीउबिजन र कृषि सामग्रीमा अनुदान कार्यक्रमलाई प्रोत्साहन गरिँदै आएको बताए । उनले भने, “वडा कार्यालयबाट ५० प्रतिशत अनुदानमा आठ हजार सुन्तलाका बिरुवा वितरण गरेका थियौँ । ती बोटले पनि फल दिन सुरु गरेका छन्, आउँदो वर्षदेखि अझै उत्पादन बढ्नेछ ।”

यहाँका २०० बढी किसान व्यावसायिक रूपमा फलफूल र तरकारीखेतीमा लागेका छन् । कृषक लुकबहादुर थापाले साढे चार लाख र नेत्र थापा चार लाखको सुन्तला बिक्री गरेको बताएका छन् । रासस

  • प्रकाशित मिति : मंसिर १७, २०८२, बुधवार ०६:३२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८