काठमाण्डू गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेको छ । दोस्रो जितसँगै काठमाडौंले चार खेलमा चार अंक जोडेको छ । पराजित लुम्बिनीको तीन खेलबाट दुई अंक छ ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा काठमाण्डूले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.१ ओभरमा १ सय ३५ रनमै समेटियो ।
लुम्बिनीका लागि शेर मल्लले २७, दिलीप नाथले २५, डार्शी शर्टले २२, गुल्बदीन नइम र कप्तान रोहितकुमार पौडेलले ११-११ रन बनाए । काठमाण्डूका लागि मिलिन्द कुमार र जेरहार्ड इरस्मसले दुुईरदुुई तथा शाहब आलम, सन्तोष यादव, राशिद खान र कप्तान करण केसीले एकरएक विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डूले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ५७ रनको योगफल तयार पारेको थियो ।
काठमाण्डूका लागि करण केसीले ११ बलमा चार छक्का र एक चौकाको मद्दतले अविजित ३४ रनको योगदान गरे । यसैगरी, आकाश त्रिपाठीले ३२, सन्तोष यादवले २६, मिलिन्द कुमार र जेरहार्ड इरस्मसले १७-१७ र रशिद खानले १४ रन बनाए ।
लुम्बिनीका लागि गल्बदीन नइम, शेर मल्ल, रुबेन ट्रम्पलम्यान र रोहितकुमार पौडेलले दुई(दुई विकेट लिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८