• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

फागुन २१ को चुनावमा सेना परिचालन गर्न सिफारिस

  • खबरदाता

फागुन २१ को चुनावमा सेना परिचालन गर्न सिफारिस

राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनका लागि सेना परिचालन गर्ने निर्णय गर्दै त्यसका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सुरक्षा परिषद्को बिहीबार सिंहदरबारमा बसेको बैठकले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनको लागि सेना परिचालनको सिफारिस गरेको हो ।

परिषद्को सिंहदबारस्थित कार्यालयमा बसेको ४१ औँ बैठकले यस्तो निर्णय गरेको जानकारी परिषद्का सदस्य सचिव तथा रक्षा सचिव सुमन अर्यालले दिए । स्वतन्त्र, निष्पक्ष र भयरहित निर्वाचनको लागि सिफारिस गरिएको जानकारी उनले दिए ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल सहभागी थिए ।

बैठकमा बाराको सिमरामा भएको पछिल्लो तनाव, शान्ति सुरक्षासहितका विषयमा पनि छलफल भएको छ ।

  • प्रकाशित मिति : मंसिर ४, २०८२, बिहीवार १९:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८