• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बालेनविरुद्ध युवा संघले दियो साइबर ब्युरोमा उजुरी

  • खबरदाता

बालेनविरुद्ध युवा संघले दियो साइबर ब्युरोमा उजुरी

नेकपा (एमाले) निकट युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन)विरुद्ध उजुरी दिएको छ । युवा संघका उपाध्यक्ष महाराज गुरुङले बिहीबार (कात्तिक २०) साइबर ब्युरोमा जाहेरी दिएका हुन् ।

बालेनले कात्तिक १६ गते सामाजिक सञ्जालमा राखेर केही समयमा हटाएको स्टाटसविरुद्ध युवा संघले जाहेरी दिएको हो ।

जाहेरीमा लोकतान्त्रिक आन्दोलनमा भूमिका खेलेका दलहरूलाई सार्वजनिक रूपमा गाली गरेको, सार्वजनिक पदमा बसेको व्यक्तिले विदेशीलाई गाली गरेको, शान्ति खलल गरेको, सामाजिक भाइचारा बिगारेको लगायतका आरोपसहित तत्काल पक्राउ गरी राहदानीसमेत रोक्का गर्न माग गरिएको छ ।

  • प्रकाशित मिति : कात्तिक २०, २०८२, बिहीवार १६:२६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८