• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

वैशाखयता चार हजार ६०० विपद्जन्य घटना, ३३५ जनाको मृत्यु

  • खबरदाता

वैशाखयता चार हजार ६०० विपद्जन्य घटना, ३३५ जनाको मृत्यु

यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएको छ । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबार ९कात्तिक १५०सम्म ३३५ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार, उक्त अवधिमा ४१ जना बेपत्ता भएका छन् । एक हजार २६४ जना घाइते भएका छन् ।

बाढीका मात्रै ३१६ घटना हुँदा ३७ को मृत्यु र २७ जना बेपत्ता भएका छन् । पहिरोका ५५० घटना हुँदा ६७ को मृत्यु र चारजना बेपत्ता भएका छन् । चट्याङका ३५६ घटना हुँदा ४४ जनाको मृत्यु भएको छ । सर्पदंशका ५३८ घटना हुँदा ९२ जनाको मृत्यु भएको छ ।

जनावरको आक्रमणका २६९ घटनामा २५ जनाको मृत्यु र एक बेपत्ता भएका छन् । लेक लागेका ८० घटनामा २७ जनाको मृत्यु भएको छ ।

भारी वर्षाका ४२० घटनामा सात, आगलागीका एक हजार ६१४ घटनामा २६ र हुरीबतासका २८६ घटनामा आठजनाको मृत्यु भएको प्रवक्ता महतले जानकारी दिइन् ।

हिउँपहिरोमा परी नौजना बेपत्ता भएका प्राधिकरणले जनाएको छ ।

शनिबार मात्रै विभिन्न विपद्जन्य घटनामा दुईजनाको मृत्यु भएको छ । विपद्जन्य ४६ घटना भएको र उक्त विपद्ले ३१ जिल्ला प्रभावित बनाएको प्राधिकरणले जानकारी दिएको छ । रासस

  • प्रकाशित मिति : कात्तिक १६, २०८२, आइतवार ०६:५२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८