• जेठ १८, २०८३, सोमवार Monday, 01 June, 2026

भरतपुर विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसबाटै पठाइयो काठमाडौं

  • रासस

भरतपुर विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसबाटै पठाइयो काठमाडौं

हवाई यात्रुको चाप बढेपछि स्थानीय प्रशासनको पहलमा भरतपुर विमानस्थलबाटै काठमाडौंका लागि बसको व्यवस्था गरिएको छ।

विमानस्थलमा टिकट नपाएर अलपत्र परेका यात्रुलाई बसमार्फत् काठमाडौं पठाइएको हो।

शनिबार हवाई सेवा अवरूद्ध बनेपछि शनिबारका लागि टिकट लिएका यात्रु र आजका लागि पुनः विमानस्थल पुगेका यात्रुका कारण विमानस्थलमा यात्रुको चाप अत्यधिक बढेको थियो।

काठमाडौं जाने सडक मार्ग रोकिएपछि हवाई यात्रुको चाप अत्यधिक बढेको हो।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विमानस्थल पुगेर अवस्था हेरेपछि उनले यातायात व्यवसायीसँग आग्रह गरेर विमानस्थलबाटै यात्रु लैजाने व्यवस्था मिलाएका हुन्।

एउटा माइक्रो बसले यात्रु लिएर गएको छ भने थप बसको व्यवस्था गरेर बाँकी यात्रुलाई पनि पठाइने उनले बताए।

ीबहmष् दबलप
उनले भने, ‘यातायात व्यवसायीलाई नियमानुसारको भाडा यात्रुसँग लिएर सेवा दिन भनेका छौं।’

अत्यावश्यक परेका यात्रु लैजानुपर्ने भएकाले स्थानीय प्रशासनले पत्र बनाएर बस पठाएको उनले बताए।

बसलाई जान र फर्किनका लागि सजिलो होस् भन्नका लागि पत्र समेत बनाइएको उनले जानकारी दिए।

नारायणगढ–मुग्लिन सडक खण्ड सञ्चालनमा रहेको छ।

पृथ्वी राजमार्गको चितवन खण्ड पनि खुला छ।

धादिङमा खसेको पहिरो पन्छ्यएर सवारी साधन सञ्चालनको तयारी रहेको जनाउँदै उनले साना सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको बताए। प्रशासनले शनिबार यहाँ रोकिएका यात्रुलाई ७५ प्रतिशत छुटमा होटलमा बस्ने व्यवस्था गरेको थियो।

  • प्रकाशित मिति : असोज १९, २०८२, आइतवार १४:१३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८