• जेठ १८, २०८३, सोमवार Monday, 01 June, 2026

बाढी–पहिरोले कुन सडकको अवस्था कस्तो छ ?

  • खबरदाता

बाढी–पहिरोले कुन सडकको अवस्था कस्तो छ ?

वर्षा र पहिरोले विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएसँगै सवारीसाधन विभिन्न ठाउँमा ‘होल्ड’ गरिएका छन् ।

भक्तपुरको साँगास्थति झोलुंगे पुलनजिक झरेको पहिरोले आवत–जावत प्रभावति भएको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइन खोला पुलनजिक पहिरो हटाइएसँगै सवारी साधन एक लेनमा आलोपालो सञ्चालन भइरहेको सडक विभागले जनाएको छ ।

कान्तिलोकपथअन्तर्गत ललितपुरको वाग्मती गाउँपालिका ३ टाकुचेमा खसेको पहरिले आवात–जावत बन्द भएको छ ।

फर्पिङ–सिस्नेरीअन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालका–४ महालक्ष्मी खोलानजिकै माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएको छ ।

बीपी राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको रोशी गाउँपालका–११ माम्तीखोला र बुलढुंगामा खसेको पहिरोका कारण सवारी आवागमन रोकिएको विभागले जानकारी दिएको छ ।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ चारकिलोमा सडक भासिँदा ठूला सवारीसाधन चल्न सकेका छैनन् ।

कोसी राजमार्गमा पर्ने संखुवासभाको मकालु गाउँपालिका–३ एकुवा र भोटखोला गाउँपालिका–४ बरणमा खसेको पहिरोका कारण सवारी साधन आज पनि चल्न सकेका छैनन् ।

पासाङल्हामु राजमार्गमा पर्ने रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ स्थित पट्टेखोला, बालुवाखानी र तातोपानीमा खसेको पहिरोका कारण सवारी साधन चल्न नसकेको विभागले जानकारी दिएको छ ।

रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थति नेपाल र चीन नाका जोड्ने मितेरी पुलमा गत असार २४ गते आएको बाढीले क्षति पुर्‍याएकाले सवारी आवागमन अवरुद्ध छ ।

ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ र ७ को सिमानास्थित सिद्दिचरण लोकमार्गमा पर्ने भंडारे खोलामा आएको बाढीले आवागमन रोकिएको सडक विभागले बताएको छ ।

  • प्रकाशित मिति : असोज १९, २०८२, आइतवार १०:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८