• जेठ १८, २०८३, सोमवार Monday, 01 June, 2026

पहिरोमा पुरिएर इलाममा १८ जनाको मृत्यु

  • खबरदाता

पहिरोमा पुरिएर इलाममा १८ जनाको मृत्यु

अविरल वर्षाका कारण गएको पहिरोमा परी इलामका विभिन्न ठाउँमा १८ जनाको मृत्यु भएको छ । हिजो र आज गएको पहिरोमा परेका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार पहिरोमा परी घाइते भएकी गर्भवतीलाई उद्दार गर्न नेपाली सेनाको हेलिकोप्टर गएको छ ।

माङसेबुङकी गर्भवती उद्दार गर्न क्याटेन भुपेन्द्र शाही नेतृत्वको टोली हेलिकोप्टर लिएर त्यसतर्फ प्रस्थान गरेको छ ।

इलाम सूर्योदय नगरपालिकामा ५ जनाको मृत्यु भएको छ । माइसेबुङ गाउँपालिकामा पाटीगाउँका तीन, देउमाई नगरपालिका–५, धारेका एक, सोही वडाको धुसुनेका दुई, फाकफोकथुम गाउँपालिका–३, रातमाटेका एक र इलाम नगरपालिका–५ घोसगाउँका ६ जनाको पहिरोमा परेर मृत्यु भएको पोखरेलले बताए ।

  • प्रकाशित मिति : असोज १९, २०८२, आइतवार १०:०८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८