पानी पर्न रोकिए पनि नारायणगड मुग्लिन सडक खुल्न सकेको छैन ।
उक्त सडक खण्डको तुइन खोला , काली खोलामा खसेको ढुंगा हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
यस्तै फिस्लिङ देखि उत्तर खण्डमा समेत पहिरो रहेको तथा ढुङ्गा खसी अबरोध रहेकोमा खुलाउने कार्य भइरहेको छ। यता धादिङ , तनहु, लगायतका छिमेकी जिल्लाका सडक खण्डहरुमा समेत पहिरो एब ढुङा खसी बाटो अबरोध भएकोमा त्यहा ठाउहरुमा समेत खुलाउने कार्य भइरहेको जानकारी आएको हुँदा सडक सुचारु हुन अझै केही समय लाग्ने जनाइएको छ।
अहिले जिल्लाका चौध स्थानमा सवारीसाधन रोकिएका छन। प्रहरीका अनुसार फिस्लिङ , कुरिनटार, मुग्लिन ,जुगेडी, रामनगर, आँपटारी ,बाइपास रोड, पोखरा बसपार्क ,भरतपुर बसपार्क, गोन्द्राङ ,टाँडी पर्सा खैरेनी ,डडुवा र लोथरमा सवारीसाधन होल्ड गरिएका छन।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८