– खण्डमा पहिरो खस्ने क्रम रोकिएन, भोलि बिहानसम्म सवारी आवागमन बन्द
ीबहmष् क्गलचष्कभ द्यबलप
शुक्रबार, असोज ३, २०८२
मुग्लिन–नारायणगढ खण्डमा पहिरो खस्ने क्रम रोकिएन, भोलि बिहानसम्म सवारी आवागमन बन्द
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै शुक्रबार साँझ (असोज ३) पहिरो जाँदा अवरुद्ध सडक अझै खुल्न सकेको छ । पहिरो खस्ने क्रम अझैसम्म पनि नरोकिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
शुक्रबार साँझ ७ः१५ बजे पहिरो जाँदा सवारी आवागमन दुवैतर्फ अवरुद्ध छ । रातको समयमा माथिबाट झरेको ढुंगारपहिरो नदेखिने र सम्भावित दुर्घटना निम्तन सक्ने भएकोले सुरक्षाको दृष्टिकोणले अहिले पहिरो हटाउन सम्भव नभएको कार्यालयले जनाएको छ । भोलि बिहान ४ बजेसम्मका लागि सवारी आवागमन नगर्न अनुरोध गरेको छ ।
‘पहिरो खस्ने क्रम अझैसम्म पनि नरोकिएकोले रातको समयमा माथिबाट झरेको ढुंगारपहिरो नदेखिने र सम्भावित दुर्घटना निम्तन सक्ने भएकोले सुरक्षाको दृष्टिकोणले पहिरो हटाउन सम्भव पनि नभएकोले भोलि बिहान ४ बजेसम्मका लागि सवारी आवागमन पनि नगर्नुहुन अनुरोध छ । भोलि बिहानै करिब ४ बजेतिर पहिरो हटाउने कार्य सुचारू हुनेछ, कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।
सडकमा रोकिएका सवारीसाधनलगायत यात्रुहरूलाई आजको रात अवधिभर सावधानीपूर्वक सुरक्षित स्थानतिर बस्न समेत कार्यालयले आग्रह गरेको छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८