नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको वक्यौता रकम उठाउन निर्देशन दिने पहिलो निर्णय गरेका छन् । शीतलनिवासमा शपथलगत्तै मन्त्रालय नपुगी महाराजगञ्जस्थित आगलागीमा परी क्षति पुगेको प्रहरी भवन र घाइतेको अवस्था बुझ्न उनी त्रिवि शिक्षण अस्पताल पुगेका थिए ।
त्यसपछि मन्त्रालयमा पुगेका घिसिङले पदभार ग्रहण गर्दै विभिन्न व्यावसायिक घरनाले लामो समयदेखि तिर्न बाँकी रहेको उक्त वक्यौता रकम तत्काल उठाउन निर्देशन दिने निर्णय गरेका हुन् ।
उनी यसअघि प्राधिकरणको दुई कार्यकाल कार्यकारी निर्देशक रहेर काम गरिसकेका छन् । प्राधिकरणले डेडिकेटेड ट्रंक लाइनको सवा ८ अर्व रूपैयाँ बक्यौता उठाउन बाँकि रहेको बताएको छ ।
उक्त रकम उठाउन लागी परेका उनलाइ तत्कालिन प्रधानमन्त्री केपी ओलीले हटाएर हितेन्द्रदेव शाक्यलाइ नियुक्त गरेका थिए ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८