• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चुच्चेपाटीको भाटभटेनीमा जलेको अवस्थामा भेटियो ६ वटा शव

  • खबरदाता

चुच्चेपाटीको भाटभटेनीमा जलेको अवस्थामा भेटियो ६ वटा शव

काठमाडौंको चुच्चेपाटीमा रहेको भाटभटेनीमा जलेको अवस्थामा ६ वटा शव फेला परेको छ।

भदौ २४ गते प्रदर्शनकारीहरूले आगो झोसेको चुच्चेपाटीको भाटभटेनीबाट अझै धुवाँ निस्किरहेको छ।

आइतबार बिहान ६ वटा शव जलेको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले सेतोपाटीलाई जानकारी दिए।

‘शव भेटिएको छ। प्रदर्शनकारी हुन् कि कर्मचारी अथवा लुटपाटमा गएकाहरू हुन् भन्ने खुलेको छैन, ती अधिकृतले भने।

काठमाडौंमा जलाइएका अन्यत्र ठाउँका भाटभटेनीमा पनि मानिसहरू जलेको हुनसक्ने प्रहरीको आकलन छ।

त्यसबारे बुझ्न प्रहरी परिचालन भएको पनि ती प्रहरी अधिकृतले बताए।

भदौ २४ गते काठमाडौंका अधिकांश भाटभटेनीमा प्रदर्शनकारीले आगजनी गरेका थिए।

एकाध आउटलेट भने स्थानीयहरूले नै आगजनीबाट जोगाएका थिए।

आगजनी भइसकेपछि पनि लुटपाटका लागि मानिसिहरू त्यहाँ छिरेका थिए।

  • प्रकाशित मिति : भदौ २९, २०८२, आइतवार ११:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८