• भदौ ८, २०८३, सोमवार Monday, 24 August, 2026

प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीको बधाई

  • खबरदाता

प्रधानमन्त्री कार्कीलाई भारतीय समकक्षी मोदीको बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा नयाँ अन्तरिम सरकारको नेतृत्व सम्हालेकी प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई तथा शुभकामना दिएका छन् ।

शनिबार बिहान ट्विटरमार्फत प्रधानमन्त्री मोदीले नवनियुक्त प्रधानमन्त्री कार्कीलाई बधाइ दिएका हुन् । उनले लेखेका छन्, ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना । नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।’

मोदीको उक्त अभिव्यक्तिलाई भारतले नेपालमा भएको राजनीतिक परिवर्तनप्रति देखाएको सकारात्मक सन्देशका रूपमा लिइएको छ ।

कार्कीले शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्रीको शपथ लिएकी छिन् । प्रतिनिधिसभा विघटन भएकाले आगामी फागुन २१ गतेलाई मध्यावधि चुनाव तोकिएको छ ।

 

  • प्रकाशित मिति : भदौ २८, २०८२, शनिवार ११:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८