• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

गंगा दाहालको घरमा जलिसकेको अवस्थामा भेटियो शव

  • खबरदाता

गंगा दाहालको घरमा जलिसकेको अवस्थामा भेटियो शव

ललितपुरको ढोलाहिटीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की छोरी गंगा दाहालको घरमा शव फेला परेको छ।

मंगलबार भएको प्रदर्शनको क्रममा गंगा दाहालको घरमा समेत आगजनी भएको थियो।

आगोमा परी एक जना जलिसकेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए।

उनका अनुसार शव पुरूषको हो। तर शव पहिचान हुनसकेको छैन।

‘शव पुरूषको हो। घरका सदस्य हो, जस्तो लाग्दैन,’ उनले भने, ‘अहिले मुचुल्का गर्न टोली पठाएका छौं।’

  • प्रकाशित मिति : भदौ २५, २०८२, बुधवार १३:४१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८