• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

खोलाले मोटरसाइकल बगाउँदा श्रीमान् बेपत्ता श्रीमती घाइते

  • खबरदाता

खोलाले मोटरसाइकल बगाउँदा श्रीमान् बेपत्ता श्रीमती घाइते

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिकामा खोलाले बगाउँदा एक जना बेपत्ता भएका छन् ।

दूधपानी खोलाले मोटरसाइकल बगाउँदा मोटरसाइकलमा सवार सर्लाही हरिवानका मनिष पाँचकोटी बेपत्ता भएका छन् । उनकी श्रीमती सिलु खड्की घाइते भएकी छन् ।

खोला तर्ने क्रममा मोटरसाइकल सहित उनीहरूलाई बगाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

बागमती प्रदेश ०२-०४७ प ७३८ नम्बरको मोटरसाइकल बराह क्षेत्र नगरपालिका-१ दूधपानी खोला तर्दै गर्दा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए।

मोटरसाइकल काठमाडौँबाट धनकुटातर्फ आउँदै गरेको प्रहरीले जनाएको छ । घाइते खड्गीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

  • प्रकाशित मिति : भदौ २२, २०८२, आइतवार १०:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८