• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज २०८२ साल भदौ १८ गते बुधबारको राशिफल

  • खबरदाता

आज २०८२ साल भदौ १८ गते बुधबारको राशिफल

आज २०८२ साल भदौ १८ गते बुधबार । भाद्र शुक्ल पक्षका एकादशी तिथि । तदनुसार सन् २०२५ सेप्टेम्बर ३ तारिख । हरिपरिवर्तिनी एकादशी व्रत परेको छ । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। -ज्योतिष पण्डित सूर्यनाथ लुइटेल

मेष – दिन राम्रो छ । शिक्षा र स्वास्थ्यमा लाभ हुनेछ । राजनीतिक क्षेत्रमा भने संकट आइपर्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा सोचेका काम सहज बन्नेछ ।

वृष – दिन राम्रो छ । गुम्न लागेको धन प्राप्त हुनेछ । सुखद् यात्रा तय हुनेछ । राजनीतिक क्षेत्रमा विवाद बढ्नेछ । समाजमा तपाईंप्रति आक्रोश बढ्ने जोखिम छ । संकटमा परिवारको साथ र सहयोग मिल्नेछ ।

मिथुन – दिन राम्रो छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ । विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । राजनीतिक र सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ । कर्मचारी भए बढुवा हुनेछ ।

कर्कट – दिन राम्रो छ । सामाजिक क्षेत्रमा प्रशंसा हुनेछ । बोलीको प्रभावले काम बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षामा प्रगति हुनेछ । साथीसँग सचेत भएर काम गर्नुपर्ने दिन छ ।

सिंह – दिन राम्रो छ । शिक्षामा प्रगति हुनेछ । तपाईंले सोचेका काम सहज बन्नेछन् । मनमा अनावश्यक तर्क बढ्ने जोखिम छ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

कन्या – दिन सामान्य छ । बोल्दा तीन पटक सोच्नुपर्ने समय छ। परिवारमा कामको बोझ थपिने छ । स्वास्थ्यमा सुधार हुनेछ । सामाजिक क्षेत्रमा फाइदा हुनेछ । धार्मिक क्षेत्रमा भने मन नजाने जोखिम छ।

तुला – दिन राम्रो छ । बन्धुसँगको सहकार्यले फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ । स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिमा फाइदा होला ।

वृश्चिक – दिन राम्रो छ । धनका स्रोत पत्ता लाग्नेछन् । शिक्षा र स्वास्थ्यमा सुधार हुनेछ । राजनीतिक क्षेत्रका व्यक्तिसँगको भेटले मनमा खुशी मिल्नेछ । विज्ञसँग परामर्श लिएर गरेको काम सफल बन्नेछ ।

धनु – दिन राम्रो छ । शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारमा रमाइलो गर्ने योग छ । राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ । संकटमा परिवारको साथ मिल्ने योग छ ।

मकर – दिन सामान्य छ । सञ्चित धन अनावश्यक खर्च हुनेछ । साथीसँग कुरा गर्दा सचेत बन्नुपर्ने देखिन्छ । काम गर्नु भन्दा पहिला सोच्नु आवश्यक देखिन्छ । स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट नाफा हुनेछ । साथीले साथ नदिने जोखिम छ ।

कुम्भ – दिन सामान्य राम्रो छ । आम्दानीका स्रोत पत्ता लाग्नेछन् । धार्मिक व्यक्तिसँगको परामर्शले मनमा शान्ति मिल्नेछ । परिवारले शंका गर्ने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ ।

मीन – दिन सामान्य छ । स्वास्थ्यमा समस्या आइपर्ने जोखिम छ । बोल्नु अगाडि तीन पटक सोच्नु उचित हुन्छ । शिक्षामा थप मिहिनेत गरेमा सफलता मिल्नेछ । सामाजिक क्षेत्रमा आलोचना हुनेछ । परिवारसँगको सम्बन्धमा सुधार हुनेछ ।

  • प्रकाशित मिति : भदौ १८, २०८२, बुधवार ०६:०१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८