• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

सकियो डा. गोविन्द केसीको तीनदिने अनशन

  • खबरदाता

सकियो डा. गोविन्द केसीको तीनदिने अनशन

डा. गोविन्द केसीले तीनदिने अनशन तोडेका छन् । धनगढीको गेटा मेडिकल कलेजमा उपचाररत बिरामी प्रीतम चौधरीको हातबाट जुस पिएर मंगलबार दिउँसो २ बजे केसीले अनशन तोडेको उनका सहयोगी अमृत जैशीले जानकारी दिए ।

‘उहाँले पहिले नै तीन दिनको अनशन बस्छु भन्नुभएको थियो । सोहीअनुसार नै आज अनशन तोड्नुभएको हो । यसै पनि स्वास्थ्य अवस्था कमजोर बन्दै गएको थियो । औषधि खानुभन्दा अनशन तोड्छु भनेर तोड्नुभएको हो, उनले भने ।

केसीले इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने, निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्नेलगायत माग राखेका छन् ।

  • प्रकाशित मिति : भदौ १७, २०८२, मंगलवार १५:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८