• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

डेल्धुरामा जीप दुर्घटनामा चारजनाको मृत्यु, चार घाइते

  • खबरदाता

डेल्धुरामा जीप दुर्घटनामा चारजनाको मृत्यु, चार घाइते

धनगढी– डडेल्धुरामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । नवदुर्गा गाउँपालिका–५ चामाचौडबाट सदरमुकामतर्फ आउँदै गरेको से १ ज ७३८ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा नवदुर्गा– ५ काकलावती साउद, सुरेश साउद, तारा अवस्थी र सुरेश पार्कीको मृत्यु भएको डडेल्धुरा प्रहरीले जनाएको छ । घटनामा जीप चालकसहित चार जना घाइते भएका छन् ।

घाइते हुनेमा नवदुर्गा–५ का १८ वर्षीया सुशीला बिक, चार वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जीप चालक ३५ वर्षीय रामबहादुर साउद छन् । उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको छ ।

  • प्रकाशित मिति : भदौ १२, २०८२, बिहीवार १२:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८