नेपाल शिक्षक महासंघले नेपाली कांग्रेसको पार्टी कार्यालयमा धर्ना दिएको छ । बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा धर्ना दिइएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।
उनका अनुसार, पहिलो चरणको कार्यक्रमअन्तर्गत पार्टी कार्यालयमा धर्ना दिइएको हो । बिहीबार नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासल र शुक्रबार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा धर्ना दिने कार्यक्रम छ ।
विद्यालय शिक्षा विधेयकमा आफूहरूका सबै मागहरू समेट्नुपर्ने महासंघको माग छ ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८