• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

बडुलाई राज्य व्यवस्था समितिको सभापति बनाउने कांग्रेसको तयारी

  • खबरदाता

बडुलाई राज्य व्यवस्था समितिको सभापति बनाउने कांग्रेसको तयारी

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापतिमा दिलेन्द्रप्रसाद बडुलाई पठाउने नेपाली कांग्रेसले तयारी गरेको छ । यद्यपि निर्णय भने भइनसकेको बताइएको छ  ।

बडु पूर्वमन्त्री समेत भइसकेका छन् ।

सभामुख देवराज घिमिरेले समिति सभापतिको निर्वाचनको मिति बुधबारलाई तय गरेका छ्न । नियमावलीको व्यवस्थाअनुसार सभापति रिक्त भएको १५ दिनभित्र सभापति चयन गरिसक्नुपर्ने व्यवस्था छ । गठबन्धनको दलको सहमति अनुसार समितिको सभापति नेपाली कांग्रेसले पाउने छ ।

संघीय निजामती सेवा विधेयक निर्माणका क्रममा कुलिङ अफ पिरियडको व्यवस्थामा छेडखानीमा छानबिन समितिले नैतिक जिम्मेवार ठहराएपछि रामहरि खतिवडाले साउन २८ मा राजीनामा दिएका थिए ।

  • प्रकाशित मिति : भदौ ९, २०८२, सोमवार १३:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८