• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

प्रधानमन्त्री ओली बिरामी, सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि नजाने

  • खबरदाता

प्रधानमन्त्री ओली बिरामी, सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि नजाने

हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरूबीच प्रतिनिधिसभामा हुने प्रश्नोत्तर कार्यक्रम बुधबार नहुने भएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तरको कार्यसूची राखिएको थियो ।

तर स्वास्थ्य प्रतिकूलताका कारण ‌ओली प्रतिनिधिसभाको बुधबारको बैठकमा सांसदहरूको प्रत्यक्ष प्रश्नहरूको जवाफ दिन उपस्थित नहुने भएका हुन् ।

कार्यव्यवस्थामा जानकारी आउनुअघि नै सभामुख देवराज घिमिरेले सांसदहरूबाट आवश्यक प्रश्न संकलन गरिसकेका थिए ।

तर बुधबार मध्याह्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्री संसद्मा उपस्थित हुन नसक्ने जानकारी दिए ।

बर्तौलाले कार्यव्यवस्थाको बैठकमा स्वास्थ्यका कारण प्रधानमन्त्री ओली सांसदहरूसँग सवाल-जवाफका लागि आउन नसक्ने जाकारी दिएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।

‘स्वास्थ्यका कारण सम्माननीय प्रधानमन्त्री प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि आज संसद बैठकमा आउन नसक्ने हुनु भएको छ’, बर्तौलाले बैठकमा दिएको जानकारीबारे उद्धृत गर्दै अधिकारीले भनेका छन् ।

  • प्रकाशित मिति : भदौ ४, २०८२, बुधवार १३:४७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८