• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चक्रे मिलन एक लाख १० हजार धरौटीमा छुटे

  • खबरदाता

चक्रे मिलन एक लाख १० हजार धरौटीमा छुटे

चक्रे मिलन भनिने मिलन गुरुङ एक लाख १० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

गुरुङविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दायर भएको थियो । शुक्रबार भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीमाथि ०८१ भदौमा मनिष रायमाझीलाई कुटपिट गरी घाइते अवस्थामा छाडेर भागेको अभियोग लागेको थियो । त्यतिबेला नै उनीविरुद्ध मुद्दा परे पनि उनको ठेगाना नखुलेकाले मुद्दा तामेलीमा राखिएको थियो ।

केही दिनअघि जन्मदिन मनाउने क्रममा हुलहुज्जत गरेपछि पक्राउ परेका गुरुङविरुद्ध पूरक अभियोग दर्ता गरिएको थियो । उनको बयान र थुनछेक बहसपछि न्यायाधीश न्यौपानेको इजलासले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।

गुरुङले भने आफूले मनिषलाई नचिनेको र नचिनेको व्यक्तिलाई आक्रमण गर्ने सम्भावना नहुने बयान दिएका थिए ।

यता, मनिषले भने आफूमाथि अन्धाधुन्द आक्रमण गरी घाइते बनाएको अभियोग लगाएका छन् ।

  • प्रकाशित मिति : साउन ३०, २०८२, शुक्रवार १६:२८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८