• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

चितवनकि समानुपातिक सांसद बिनु रायमाझी कृषि मन्त्रीमा सिफारिस

  • खबरदाता

चितवनकि समानुपातिक सांसद बिनु रायमाझी कृषि मन्त्रीमा सिफारिस

चितवनबाट समानुपातिक सांसद बनेकी बिनु रायमाझी कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रीमा सिफारिस भएकि छिन।

बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले रायमाझीलाई मन्त्रीको सिफारिस गरेका हुन।

यस्तै कञ्चनचन्द्र वादेलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुरेश श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय, उर्मिला नेपाललाई सामाजिक विकास मन्त्रालय र प्रभात तामाङलाई आर्थिक मामिला मन्त्रालयमा सिफारिस गरेका छन् ।

उनीहरूको शपथ आजै ४ बजे हुने बताइएको छ । विना विभागीय रहेका शिवराज अधिकारीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिइएको भए पनि मन्त्रालय हेरफेर हुनसक्ने बताइएको छ । काङ्ग्रेसबाट कृष्णकुमार तामाङ खानेपानी मन्त्री भइसकेका छन् ।

  • प्रकाशित मिति : साउन ३०, २०८२, शुक्रवार १४:३४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८