• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज पाँच मन्त्री नियुक्ति गर्दै मुख्यमन्त्री बानियाँ,चितवनबाट बिनु रायमाझी

  • खबरदाता

आज पाँच मन्त्री नियुक्ति गर्दै मुख्यमन्त्री बानियाँ,चितवनबाट बिनु रायमाझी

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार (आज) मन्त्रीपरिषद् विस्तार गर्ने भएका छन्।

उनले आज ५ मन्त्री नियुक्ति गर्न लागेका हुन्।

आफ्नो पार्टी कांग्रेसको भागमा परेका ५ मन्त्री नियुक्ति गरी आजै शपथ गराउने तयारी छ।

कांग्रेसबाट काभ्रे प्रदेश निर्वाचन क्षेत्र २ (२) बाट निर्वाचित सांसद कञ्चनचन्द्र बादे, रसुवाको प्रदेश निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद प्रभात तामाङ, भक्तपुर प्रदेश निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित सांसद सुरेश श्रेष्ठलाई मन्त्री बनाउन लागिएको गोप्य स्रोत जानकारी दिएको छ।

यस्तै ललितपुरबाट समानुपातिक सांसद उर्मिला नेपाल, चितवनबाट समानुपातिक सांसद बिनु रायमाझीलाई मन्त्री नियुक्त गरेर आजै शपथ ग्रहण गराउने तयारीमा मुख्यमन्त्री बानियाँ जुटेका छन्।

यी ५ जना नै बानियाँनिकटका सांसद हुन्। निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका ३ सांसदलाई मन्त्री बनाउने सहमति भएको भनिए पनि उनीहरू परेका छैनन्।

उनीहरुलाई कुन कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयको टुंगो लाग्न भने बाँकी छ।

नवनियुक्त मन्त्रीहरूको सपथ आजै दिउँसो ३ बजे प्रदेश प्रमुख कार्यालयमा आयोजना भएको स्रोतले जनाएको छ।

  • प्रकाशित मिति : साउन ३०, २०८२, शुक्रवार १३:२७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८