राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले उद्घाटन गरेको अधिवेशनमा झडप भएपछि स्थगित भएको हो । राप्रपामा अध्यक्ष लिङ्देन र महामन्त्री धवलशमशेर राणा पक्षबीच विवाद छ ।
यही विवादले युवा संगठन अधिवेशन नै बिथोलिएको हो । जसकारण अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित भएको घोषणा गरे ।
अध्यक्ष लिङ्देनले अधिवेशन रोकिएको घोषणा गरेपछि ज्योती लामाले आफैलाई जिल्ला अध्यक्ष भएको घोषणा गरेका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८