• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

रञ्जितानै रहिन् नाउपाको अध्यक्षमा

  • खबरदाता

रञ्जितानै रहिन् नाउपाको अध्यक्षमा

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रञ्जिता श्रेष्ठ कायम रहने निर्णय गरेको छ । आयोगले श्रेष्ठलाई नै अध्यक्षको मान्यता दिएको हो ।

“नागरिक उन्मुक्तिको विधानमा बैठक, भेला बोलाउने अधिकार अध्यक्षलाई नै दिएको छ । अन्य व्यक्तिले बोलाएको भेला, बैठकका निर्णयलाई मान्यता दिन मिलेन,” कार्यवहाक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले भने ।

पार्टीका संस्थापक नेता रेशम चौधरी पक्षले रञ्जितालाई अध्यक्ष पदबाट हटाएको थियो । भेलाले लालवीर चौधरीलाई अध्यक्ष बनाएको थियो ।

  • प्रकाशित मिति : साउन २८, २०८२, बुधवार ११:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८