• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

पाँचवटा संसदीय समितिको बैठक बस्दै

  • खबरदाता

पाँचवटा संसदीय समितिको बैठक बस्दै

संघीय संसद्अन्तर्गत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, सार्वजनिक लेखासमिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भने छैन ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ माथि संशोधन दर्ता गराएका सांसदसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।

कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ता सांसदसँग छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान ११ बजे बस्नेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।

सार्वजनिक लेखा समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको उपस्थितिमा सरकारका सबै सचिवसँग छलफल गर्ने कार्यक्रम छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

विधायन व्यवस्थापन समिति बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ माथि दफावार छलफल गरिने कार्यसूची छ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

सार्वजनिक नीति था प्रत्यायोजित विधायन समितिमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीसँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।

  • प्रकाशित मिति : साउन १३, २०८२, मंगलवार ०६:०७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८