• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

सरकार बिरुद्द सडकबाटै प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

  • खबरदाता

सरकार बिरुद्द सडकबाटै प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार भ्रष्टाचारमा लिप्त रहिरहे सडकबाटै आन्दोलन गरेर प्रतिवाद गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

बिहीबार ललितपुरको बालकुमारी चौर, सुनाकोठीमा आयोजित विशेष कार्यक्रममार्फत ‘श्रम र उत्पादनमा वाईसीएल अभियान’को औपचारिक उद्घाटन गर्दै प्रचण्डले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त रहेको बताए ।

सरकारको यस्तै रवैया रहिरहे बाध्य भएर छिट्टै सडकबाटै आन्दोलन गरेर प्रतिवाद गर्ने अवस्था आउने उनको भनाइ छ । प्रचण्डले प्रतिपक्षको हैसियतले सरकारको असफलता र भ्रष्टाचार उजागर गर्दै आएको बताए ।

सुशासनको विरुद्ध खडा भएको वर्तमान सरकार सम्पूर्णरूपमा देशलाई असफल बनाउने दिशातर्फ अघि बढेको उनको भनाइ छ ।

प्रचण्डले युवालाई भ्रष्टाचारविरुद्ध सशक्त भूमिका खेल्न आह्वान गरे । वाईसीएल नेपालले नीतिगत निर्णयमार्फत राष्ट्रियरूपमा सञ्चालनमा ल्याएको श्रम अभियानलाई माओवादी केन्द्रले अघि सारेको ‘उत्पादन ब्रिगेड’को निरन्तरता भएको प्रचण्डले प्रष्ट पारे ।

उनले यो अभियान माओवादी आन्दोलनको वैचारिक र व्यवहारिक गहिराइसँग जोडिएको विषय भएको दाबी गरे ।

वाईसीएल नेपालले देशभर ५५ ठाउँबाट अभियान सञ्चालन गरेको जानकारी दिएको छ ।

  • प्रकाशित मिति : साउन १, २०८२, बिहीवार १४:३० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८