• मंसिर ९, २०८३, बुधवार Wednesday, 25 November, 2026

त्रिभुवन विमानस्थलमा भीआईपीका लागि छुट्टै डेस्क

  • खबरदाता

त्रिभुवन विमानस्थलमा भीआईपीका लागि छुट्टै डेस्क

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट (भीआईपी) र अति विशिष्ट (भीभीआईपी) व्यक्तिहरूका लागि विमानस्थलमा छुट्टै डेस्कको व्यवस्था गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले भीआईपी र भीभीआईपीका लागि छुट्टै डेस्कको व्यवस्था गरेको हो ।

“त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी आगमन तथा प्रस्थान गर्नुहुने विशिष्ट एवं अति विशिष्ट महानुभावहरूको आगमन तथा प्रस्थान प्रक्रिया सरल, सहज, शीघ्र एवं सुविधायुक्त पार्नका लागि यस कार्यालयले छुट्टै भीआईपीरभीभीआईपी डेस्कको व्यवस्था गरेको व्यहोरा सम्बन्धित सम्पूर्णमा अवगत गराइन्छ,” कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

भीआईपीरभीभीआईपी डेस्क प्रयोग गरी आगमन तथा प्रस्थान गर्ने व्यक्तिहरू अनिवार्यरूपमा अध्यागमन प्रक्रियामा उपस्थित भई अध्यागमन प्रक्रिया पूरा गर्नुपर्ने कार्यालयले जनाएको छ । अध्यागमन प्रक्रियामा बायोमेट्रिक लिन नपर्ने गरी कुनै ऐन, कानुनमा उल्लेख भएका व्यक्ति भने डेस्कमा आफैँ उपस्थित हुनुपर्ने छैन ।

“नेपाल राजपत्रमा उल्लेखित महानुभावहरूले मात्र उक्त भीआईपीरभीभीआईपी डेस्कको प्रयोग गरी अध्यागमन प्रक्रिया (आगमन तथा प्रस्थान) लाई सहज बनाइदिनु हुनसमेत सादर अनुरोध छ,” कार्यालयले भनेको छ ।

केही भीआईपीहरू पासपोर्टमा अध्यागमनबाट प्रस्थान छाप नै नलगाई विदेश पुग्दा अप्ठेरोमा परेपछि कार्यालयले यस्तो प्रक्रिया सुरु गरेको हो ।

  • प्रकाशित मिति : असार २९, २०८२, आइतवार १५:५४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८