• फागुन ३०, २०८२, शनिवार Saturday, 14 March, 2026

रसुवाको बाढीमा बेपत्ता प्रहरीको शव चितवन स्थित त्रिशुलीमा भेटियो

  • खबरदाता

रसुवाको बाढीमा बेपत्ता प्रहरीको शव चितवन स्थित त्रिशुलीमा भेटियो

 

चितवन – भरतपुर -२९ को पन्ध्रकिलोमा स्थित त्रिशुली नदिमा एक पुरुषको शव  फेला परेको छ।

उक्त शब आज मंगलबाको बाढीमा रसुवाबाट बेपत्ता प्रहरी सहाय निरीक्षक लाल बहादुर श्रेष्ठको रहेको भन्ने बुझिएको चितवन प्रहरीले जनाएको छ।

लिखु तामाकोसी गाउँ पालिका ४ घर भएका ४२ वर्षिय श्रेष्ठ प्रहरी चौकी हाकु रसुवा दरबन्दी भइ इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत रहेको जनाइएको छ।

शबको बायाँ खुट्टामा जुत्ता रहेको र दायाँ खुट्टाको घुँडा तलको भाग नभएको अबस्थामा रहेको प्रहरीले जनाएको छ।

  • प्रकाशित मिति : असार २४, २०८२, मंगलवार २१:०४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८