• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

संविधान संशोधन गर्न कार्यदल गठन गर्ने नेपाली कांग्रेसको निर्णय

  • खबरदाता

संविधान संशोधन गर्न कार्यदल गठन गर्ने नेपाली कांग्रेसको निर्णय

नेपाली कांग्रेसले संविधान संशोधनको खाका तयार पार्न पार्टीभित्र कार्यदल गठन गर्ने निर्णय गरेको छ । पार्टीको गत असार १६ गतेदेखि जारी केन्द्रीय समितिको बैठकबाट कार्यदल गठन गर्ने निर्णय गरेको हो ।

बैठकको समापनअघि महामन्त्री विश्वप्रकाश शर्माले पार्टी निर्णय वाचन गरेर सुनाएका हुन् । “नेपाली कांग्रेसको असार १६ देखि २३ गतेसम्म भएको केन्द्रीय समिति बैठकले नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यान्वयनको एक दशकको समीक्षा गर्दै यसका सवल पक्ष र दुर्वल पक्षको पहिचान गर्दै संविधानमा आवश्यक संशोधनलाई सार्थक निष्कर्षमा पुग्न आन्तरिक कार्यदल गठन गर्दछ,” शर्माले भने, “संविधान संशोधनका लागि नेपाली कांग्रेस संविधान निर्माणमा संलग्न दलहरूसँग सहकार्य गर्दछ र नागरिक समाज र सरोकारवालाहरूसँग पनि परामर्श गर्नेछ ।”

 

  • प्रकाशित मिति : असार २३, २०८२, सोमवार २०:५९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८