• असोज ३१, २०८३, शनिवार Saturday, 17 October, 2026

इजरायली आक्रमणमा इरानी वैज्ञानिकसहित वरिष्ठ नेता मारिए

  • एजेन्सि

इजरायली आक्रमणमा इरानी वैज्ञानिकसहित वरिष्ठ नेता मारिए

इरान – इजरायली आक्रमणबाट इरानी रेभुलेसनरी गार्डका प्रमुख हुसेन सलामीको ज्यान गएको छ। इरानी राज्य नियन्त्रित सञ्चार माध्यमका अनुसार धेरै जना वरिष्ठ नेता सहित उनी मारिएका हुन्।

सञ्चार माध्यमले अटोमेटिक इनर्जी अर्गनाइजेसनका प्रमुख फायोडन अवासीको ज्यान गएको बताएको छ । तेहरानको इस्लामिक आजाद विश्वविद्यालयका प्रमुख मोहम्मद मेहदी तेरान्ची पनि मारिएका छन् ।

मारिने सलामी सन् १९८० मा पहिलो पटक इरान इराक युद्ध हुँदा रेभुलेसनरी गार्डमा आबद्ध भएका थिए । अमेरिका र सहयोगीको कटु आलोचकको रूपमा उनको छवि बनेको थियो । सन् २०२४ मा उनी गार्डका प्रमुख भएका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले सो आक्रमणको नाम अप्रेसन राइजिङ लायन रहेको बताएका छन्। इरानबाट हुनसक्ने सम्भावित आक्रमणका कारण अहिले इजरायलमा सङ्कटकाल घोषणा गरिएको छ।

इरानले केही दिनमा आणविक बम बनाउन सक्ने अवस्थामा इरान रहेका कारण सो आक्रमण गरिएको जानकारी दिए। अहिले इजरायलका सबै वायु सेवा बन्द भएका छन्।

अमेरिकाले आक्रमणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै आफ्ना नागरिक जोगाउनु नै पहिलो काम भएको बताएको छ। इरानले भने सर्वसाधारणको आवासमा आक्रमण भएको तथा बाल बालिकाको समेत ज्यान गएको बताएको छ। इजरायली सुरक्षा निकायले वरिष्ठ आणविक वैज्ञानिक समेत मारिएको जनाएको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको आणविक कार्यक्रमको मुटुमै प्रहार गरिएको बताए। इरानको राजधानी तेहरान भन्दा २२५ किलोमिटर टाढा रहेको केन्द्रमा आक्रमण भएको हो।

सन् २०२१ मा इरानले इजरायललाई सोही स्थानमा साइबर आक्रमण गरेको आरोप लगाएको थियो।

आक्रमणपछि इजरायली डिफेन्स फोर्सले अहिले आफ्नो देश शक्तिशाली तथा जटिल अवस्थाको सामना गरी रहेको जनाएको छ। इरानी नेताले इजरायलले ठुलो मूल्य चुकाउनुपर्ने चेतावनीसमेत दिइसकेका छन्।

  • प्रकाशित मिति : जेठ ३०, २०८२, शुक्रवार १०:१९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८