• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

राजाबादीको भोलिको आन्दोलन सिफल चौरमा

  • खबरदाता

राजाबादीको भोलिको आन्दोलन  सिफल चौरमा

नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौँको सिफल चौरमा राजसंस्था फर्काउन आन्दोलन गर्ने भएको छ ।

सोमबार समिति संयोजक सुवेदीले भोलि दिउँसो २ बजे आन्दोलन सुरु हुने विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यसअसघि जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिफल,बल्खु,कोटेश्वर बाहेकका क्षेत्रमा विरोध प्रदर्शन गर्न निषेध गरेको थियो । अन्यत्र प्रदर्शन गर्न निषेध गरिएपछि राजावादी समूहले सिफल चौरमा प्रदर्शन गर्न लागेको हो ।

वर्तमान व्यवस्था विरोधी राजावादीहरूले पछिल्लो समय राजसंस्था फर्काउन प्रदर्शन गर्दै आएका छन्।

  • प्रकाशित मिति : जेठ १९, २०८२, सोमवार २१:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८