• भदौ २५, २०८३, बिहीवार Thursday, 10 September, 2026

आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने

  • खबरदाता

आजको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्रीले जवाफ दिने

आजको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथि सांसदहरूले उठाएको जिज्ञासाको जवाफ दिने कार्यसूची छ ।

प्रतिनिधि सभाको बैठक बिहान ११ः०० बजे बस्दै छ । आर्थिक वर्ष २०८२-८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा ९कर प्रस्तावबाहेक० माथिको छलफलमा सांसदले धारणा राख्ने क्रम आजै सकिने छ ।

सांसदहरूले धारणा राख्ने क्रम सकिएपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले जवाफ दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए । प्रतिनिधि सभामा गत वैशाख ३० गतेदेखि सोही प्रस्तावमाथि छलफल जारी छ ।

सभामुख देवराज घिमिरेको अध्यक्षता रहने कार्यव्यवस्था परामर्श समितिले दलीय आधारमा छलफलको समयसीमा निर्धारण गरेको थियो ।

 

  • प्रकाशित मिति : जेठ २, २०८२, शुक्रवार ०५:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८