• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

मोरङमा करेन्ट लागेर बिवाह कार्यक्रममा रहेका दुई महिलाको मृत्यु

  • खबरदाता

मोरङमा करेन्ट लागेर बिवाह कार्यक्रममा रहेका दुई महिलाको मृत्यु

विराटनगर । मोरङमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । गए राति रतुवामाई नगरपालिका–३, स्थित मिर्चा डाँगी टोलमा भएको एउटा विवाह समारोहमा सहभागी ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, स्थानीय मंगललाल सिंहका छोरा निरजकुमार विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको थियो । राति आएको हावाहुरीले माइक टांगेको बाँस ढलेको थियो । बाँस हाइटेन्सन लाइनमा ठोक्किएर तार लत्रिँदा तीन महिलालाई करेन्ट लागेको थियो ।

तीन जनामध्ये राधाकुमारी सिंहको अवस्था सामान्य रहेको जिल्ला मोरङ प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनी उपचारपछि घर फर्किसकेकी छन् ।

  • प्रकाशित मिति : वैशाख ३१, २०८२, बुधवार १०:४४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८