• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

  • खबरदाता

काठमाडौंको मखनटोलमा आगलागी, एक जनाको मृत्यु

काठमाडौं महानगरपालिका– २४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । सुरक्षाकर्मीले घटनास्थलबाट अन्दाजी ६५–७० वर्षकी एक वृद्धाको शव बाहिर निकालेको छ ।

उनले भने, ‘ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेला परेको छ । सनाखत हुन बाँकी छ । अहिले आगो नियन्त्रणमा आएको छ ।’

आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घरमा पनि आगो सल्केको छ ।

  • प्रकाशित मिति : वैशाख ३१, २०८२, बुधवार १०:२२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८