• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

आज २०८२ साल वैशाख ३१ गते बुधबारको राशिफल

  • खबरदाता

आज २०८२ साल वैशाख ३१ गते बुधबारको राशिफल

आज २०८२ साल वैशाख ३१ गते बुधबार । जेठ कृष्ण पक्षको द्वितीया तिथि । तदनुसार सन् २०२५ मे १४ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ ।यस्तो छ ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेश:

मेष – दिन राम्रो छ । राज्यका तर्फबाट सेवाको अवसर मिल्नेछ । स्वदेशी भन्दा विदेशी रमझममा मन आकर्षित रहनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । मित्र बढ्नेछन् ।

वृष – तपाईंका लागि दिन राम्रो छ । सोचेका काम बन्नेछन् । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । शिक्षामा जोसजाँगर बढ्ने । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ ।

मिथुन – दिन राम्रो छ । जिम्मेवारी थपिने छ । स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ । निजी क्षेत्रमा गरेको लगानीबाट आम्दानी बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । व्यापारबाट फाइदा हुनेछ ।

कर्कट – पुराना साथीसँगको भेटले नयाँ योजना बन्नेछ । धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्ने दिन छ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

सिंह – दिन सामान्य छ । घाटा बढ्ने जोखिम छ । जिम्मेवारी थपिँदै जानेछ । उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ । शिक्षामा गरेको गहन अध्ययनले काम गर्नेछ ।

कन्या – कृषि सम्बन्धी लगानीबाट फाइदा हुनेछ । भूमि सम्बन्धी कारोबारबाट नाफा हुनेछ । दाजुभाइसँगको एकताबाट गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भने ठग सक्रिय भएकाले सचेत बन्नुपर्नेछ ।

तुला – सम्पत्तिका स्रोत पत्ता लाग्नेछन् । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँगको सम्बन्धमा सुधार हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ । यात्रा गर्ने भए दक्षिणतर्फ नजानु राम्रो हुन्छ ।

वृश्चिक – मन शान्त रहनेछ । आफ्नो कर्मप्रति आनन्दबोध हुनेछ । शिक्षाको लगानीबाट फाइदा हुनेछ । विपक्षी साथीले अप्ठेरो अवस्थामा साथ दिनेछन् । परिवारमा कर्तव्य मात्र पूरा गर्नुपर्ने दिन छ ।

धनु – सानो कुराले मन अशान्त बन्ने जोखिम छ । आफूले आफूलाई सम्हाल्ने प्रयास गर्नुपर्नेछ । शिक्षाको क्षेत्रमा भएको ढिलासुस्तीले घाटा हुनेछ । परीक्षाको तयारीमा भए गहिरो अध्ययन गर्नुपर्नेछ ।

मकर – दिन राम्रो छ । आम्दानी बढ्नेछ । व्यापारमा लगानीका लागि हिम्मत गर्नुपर्नेछ । विदेशमा भन्दा स्वदेशमा प्राप्त अवसरबाट मन खुशी हुनेछ । परिवारबाट धोका हुने भएकाले सचेत बन्नु उचित हुनेछ ।

कुम्भ – दिन राम्रो छ । मन शान्त रहेछ । विपक्षी साथीसँग सचेत बन्नुपर्ने योग छ । सामान्य विषयमा पनि विवादमा पर्ने जोखिम रहेको छ । प्रेम सम्बन्धमा खटपटी बढ्नेछ ।

मीन – शिक्षामा प्रगति हुनेछ । मध्य साढेसातीका कारण बोल्दा सोचेर बोल्नु राम्रो हुनेछ । लगानी नै गर्ने भए परिवारको तर्फबाट गर्नु उचित हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा दैनिकी सहज बन्नेछ।

  • प्रकाशित मिति : वैशाख ३१, २०८२, बुधवार ०६:०६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८