• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026

शिव सेना नेपाल अध्यक्ष बस्नेत पक्राउ

  • खबरदाता

शिव सेना नेपाल अध्यक्ष बस्नेत पक्राउ

तीनकुने घटना प्रकरणमा प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई पक्राउ गरेको छ ।

राजावादीहरूको संयुक्त जनआन्दोलन संघर्ष समितिको बैठकस्थलबाट अध्यक्ष बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले अदालतको पक्राउ पुर्जी बोकेर सुकेधारास्थित नवदुर्गा पार्टी प्यालेसमा आएपछि उनी पक्राउ परेको राजावादी अभियन्ता रमा सिंहले जानकारी दिइन् ।

गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलन हिंसात्मक भएपछि प्रहरीले झण्डै एक सय जनालाई पक्राउ गरी सोधपुछ गर्ने, हिरासतमा राख्ने र मुद्दा चलाउने कार्य जारी राखेका बेला उनी पक्राउ परेका हुन् ।

 

  • प्रकाशित मिति : वैशाख २८, २०८२, आइतवार १३:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८