जिल्लाको रत्ननगरमा गुडिरहेको बसमा आगलागी भएको छ।
प्रहरीले जनाए अनुसार शुक्रवार राती अन्दाजी १०:४५ बजेको समयमा रत्ननगर १६ कयरखोला पुल नजिकै भित्री सडक खण्डमा पर्साबाट पिठुवा तर्फ आउदै गरेको बा.प्र.०६-००१ ख ०१८८ नम्बरको बसमा एक्कासी आगलागी भएको हो।
स्थानिहरु, नेपाल प्रहरी र खैरेहनी नगरपालिकाको दम्कलको सहयोगमा उक्त आगो राती ११ बजे नियन्त्रणमा लिएको प्रहरी जनाएको छ।
बसमा यात्रु सवार नभएकोले कुनै मानबिय क्षती नभएको तर बस जलेर पुर्ण रुपमा क्षति भएको जनाइएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८