भारत अधीनस्थ काश्मीरको जम्मुमा बिहीबार विस्फोट हुनुका साथै साइरन बजेपछि दुवै पक्षले एकले अर्कोलाई आरोप लगाउने काम गरेका छन्।
भारतीय सेनाले पाकिस्तानले जम्मु र पन्जाबको सैन्य आधार शिविरमा लक्षित गर्दै मिसाइल प्रहार गरेको आरोप लगाएको छ। पाकिस्तानले यसलाई अस्वीकार गरेको छ।
पाकिस्तानले आफूहरूले आक्रमण गरेमा यसको बारे संसारलाई जानकारी दिने बताएको छ।
पाकिस्तानी रक्षामन्त्री ख्वाजा असिफले बिबिसीलाई अन्तरवार्ता दिँदै बिहीबार बेलुका आफ्ना धेरै मित्र राष्ट्रले संयमता अपनाउन आग्रह गरेकाले संयम भएको बताए।
अहिले भारतीय आक्रमणले सीमा पार गरेमा घोषित रूपमा नै आक्रमण गर्ने उनले ठहर गरे।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८