पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले राष्ट्रलाई सम्बोधन गर्दै गत महिना पहलगाममा भएको घटनामा संलग्न नभएको र पाकिस्तानलाई गलत कारणले आरोप लगाइएको बताएका छन् । जम्मू कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आक्रमणपछि दुई देशबीचको तनाव चरम सीमामा छ ।
भारतीय रक्षा मन्त्रालयले बुधबार बिहान एक विज्ञप्तिमा भनेको छ, भारतीय सेनाले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा कुल नौ स्थानहरूलाई निशाना बनाएको छ ।
भारतले भन्यो, ‘पाकिस्तानले आतंकवादी पूर्वाधारु ध्वस्त पार्न कुनै कदम चालेको छैन ।’
पाकिस्तानका प्रधानमन्त्री शरीफले आफ्नो सम्बोधनमा भने, ‘भारतले पाकिस्तानमाथि आक्रमण गरेर गल्ती गरेको छ ।’
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८